अमेरिकी विशेष दूत सर्जिओ गोरद्वारा रविलाई दिए बधाई

काठमाडौं। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएका छन्।

चैत १० गते भएको उक्त टेलिफोन संवादमा गोरले रास्वपाको चुनावी सफलताको प्रशंसा गर्दै नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताएका छन्। उनले अमेरिका र नेपालबीचको आर्थिक साझेदारीलाई अझ सुदृढ बनाउने तथा दुई देशबीचको मित्रतालाई थप गहिरो बनाउने विषयमा पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी पक्षबाट आएको यो सन्देशलाई नेपालको नयाँ राजनीतिक समीकरणप्रति अन्तर्राष्ट्रिय चासो र सहकार्यको संकेतका रूपमा हेरिएको छ।