प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार (चैत ११) शीतल निवास मा आयोजित समारोहमा रामचन्द्र पौडेल बाट उनले शपथ लिएका हुन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन् । उनले बिहीबार (चैत १२) प्रतिनिधिसभाका अन्य निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन् । केसी नेपाली कांग्रेस का तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।