आजको सुनचाँदीको दररेट

काठमाडौं ! नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ९२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।