पूर्वप्रधानमन्त्री ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौं ! पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा शल्यक्रिया गरिएको हो। ओलीको सचिवालयका अनुसार शल्यक्रिया सफल भएपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। ‘निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ,’ सचिवालयले जनाएको छ।

गत चैत १४ गते जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका ओली अस्पताल भर्ना भएका थिए। अदालतको आदेशपछि हाजिरी जमानीमा रिहा भए पनि थप उपचारका लागि उहाँ अस्पतालमै भर्ना रहेको बताइएको छ।

चिकित्सकका अनुसार केही दिनपछि उहाँलाई अस्पतालबाट डिस्चार्ज गरिने तयारी रहेको छ।