काठमाडौं ! नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ ।
सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार दुवैलाई रिहा गर्ने तयारी गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
जेनजी आन्दोलनसम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा प्रहरीले यही चैत १४ गते बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो ।
