एमाले सांसदहरू शपथ सकेर च्यासलतिर

काठमाडौं ! नेकपा एमालेका सांसदहरू शपथ ग्रहण लगत्तै पार्टी मूख्यालय च्यासलतर्फ लागेका छन्।

एमालेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सपथ लगत्तै केन्द्रीय मूख्यालय च्यासल आउन निर्देशन दिएपछि उनीहरू त्यतातर्फ लागकेा हुन्।

प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरूलाई निर्देशन दिनेछन्।