काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि ओरालो लागेको छ। बिहीबार सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार यसदिन २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ८५ हजार ६०० कायम भएको छ। अघिल्लो दिन बुधबार १४ हजार ६०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ८८ हजार ५०० पुगेको थियो।
यस्तै चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ४ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार एक तोला चाँदीको मूल्य ४ हजार ९२० रुपैयाँ तोकिएको थियो।
