मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा सरकारको काम–कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ। यद्यपि बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन।