आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ साथै पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागको नजिक रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।