रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं ।  आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । बैठकमा वभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।

बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा– २०८३, महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधनलगायत विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।

सभापति रवि लामिछानेले सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन भनेका छन् ।