काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभाको उपाध्यक्ष लीलाकुमारी भण्डारीले औपचारिक रुपले शपथ ग्रहण गरेकी छन्। राष्ट्रपति निवासमा आज एक विशेष कार्यक्रमका बीच राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
उपाध्यक्ष पदका लागि एमालेको तर्फबाट उम्मेदवार पेश गरिएको र सबै दलबीच सहमतिपछि भण्डारीलाई उपाध्यक्षको रूपमा चयन गरिएको थियो। भण्डारीको राष्ट्रिय सभा सदस्यको कार्यकाल ६ बर्षको रहेको छ। उनी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका निवासी हुन् ।
