काठमाडौ ! शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले धनगढीमा रहेको ‘फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण गर्नु भएको छ। उहाँले निरीक्षणको क्रममा उक्त `मैदान तथा खेलग्राम’लाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने बताउनुभयो ।
मङगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री पोखरेलले आयोजनाको प्रगति मूल्या ङ्कन गर्दै सरकार यसलाई विशेष प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने बताउनुभयो ।
आयोजनाका लागि आवश्यक जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा वातावरणीय प्रभाव मूल्या ङ्कन (ईआइए) जस्ता महत्वपूर्ण प्राविधिक प्रक्रिया पूरा भइसकेको छ ।
फाप्ला पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले लामो समयको तयारीपछि आयोजना निर्माण चरणमा प्रवेश गरेको जानकारी दिँदै मन्त्रीस्तरीय चासोले काममा थप ऊर्जा मिलेको बताउनुभयो ।
निरीक्षण टोलीमा कैलाली निर्वाचन क्षेत्र नम्बर-५ बाट प्रतिनिधि सभा सदस्य आनन्दबहादुर चन्द, कैलाली-३ का केपी खनाल लगाएतको सहभागी रहेको थियो ।
