रास्वपाको प्रमुख सचेतकमा बुर्लाकोटी, प्रमुख सचेतक र सचेतकपनि छानिए

काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ।

बिहीबार सिंहरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतक र सचेतक टुंगो लगाएको हो।

बैठकले मुख्य सचेतकमा पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई चयन गरेको छ।

त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।