रास्वपाले तोक्यो मन्त्री र सांसदका लागि लेबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदका लागि लेबी तोकेको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदको लेबी तोक्ने प्रस्ताव पारित गरेको हो।

मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार सांसदहरूका लागि १६ हजार ५ सय र मन्त्रीहरूका लागि १८ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको हो।

त्यस्तै, स्वकीयका लागि पनि २ हजार लेबी तोक्ने प्रस्ताव पारित भएको छ। अहिले उक्त व्यवस्था मन्त्रीका स्वीकय सचिवका हकमा लागू हुनेछ।