प्रधानमन्त्री बालेन एक्सनमा : शपथकै दिन सुरु गरे मन्त्री र सचिवहरुसंग बैठक

काठमाडौं ! प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार सिंहदरबारमा बैठक जारी रहेको स्रोतले जनाएको छ ।

नयाँ सरकार गठनपछि बसेको पहिलो बैठक भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा सरकारको प्राथमिकता निर्धारण, समसामयिक राजनीतिक तथा प्रशासनिक विषय र प्रारम्भिक नीतिगत निर्णयहरूबारे छलफल हुने अपेक्षा गरिएको छ ।

सरकार गठनसँगै जनअपेक्षा उच्च रहेको अवस्थामा बसेको यो बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।