काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।
बैठकमा कानुन मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
