काठमाडौं। मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री बालेन शाहले मंगलबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उनको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका दैनिक कामकारबाहीका विषयमा छलफल हुने जनाइएको छ।
