काठमाडौं ! प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे बस्दैछ ।आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने संसद् सचिवालयले जनाएको छ ।
रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसयता सदनमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो । आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।
चालु अधिवेशनमै सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पनि प्रस्तुत गर्ने तयारी गरेको छ । आगामी बजेट अधिवेशनलाई सरकारको नीति, प्राथमिकता तथा आर्थिक योजनासँग जोडेर महत्वका साथ हेरिएको छ ।
यसैबीच राष्ट्रियसभा को बैठक पनि आज बिहान ११ः१५ बजे बस्दैछ । राष्ट्रियसभामा समेत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसद्को चालु अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी बजेट, आर्थिक सुधार तथा विकास योजनामाथि व्यापक बहस हुने अपेक्षा गरिएको छ ।
