काठमाडौं ! नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगत तर्फको उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले आधिकारिक रुपमा आफ्नो समूहको उम्मेदवारी घोषणा गरेका छन्। भावी अध्यक्ष अन्जन श्रेष्ठ समेतको समर्थन पाएका घिमिरेको समूहले आज औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको हो।
शिवप्रसाद घिमिरेको समूहमा सदस्यको उम्मेदवारहरुमा अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होम प्रसाद घिमिरे, धन प्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एब बहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे र ध्रुब बहादुर गौतम रहेका छन् ।
वस्तुगत उपाध्यक्षमा घिमिरेसँग नरेशलाल श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।
