भदौमा कांग्रेसको १५ औँ नियमित महाधिवेशन हुने

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौमा बोलाउने गरी तयारी भएको छ। भोलि मंगलबार बस्ने केन्द्रीय समितिको बैठकमा नियमित महाधिवेशनको कार्य तालिकाबारे छलफल हुने नेताहरुले बताएका हुन्।

चुनावी मत परिणामसँगै पदबाट राजीनामा दिएका सभापति गगन थापा चुनावपछि पहिलो पटक केन्द्रीय समितिको बैठकमा बस्ने भएका छन्। यसअघि उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षता बसेको बैठकले सभापतिको राजीनामा अस्वीकरा गर्ने निर्णय भएको थियो।

स्रोतका अनुसार सभापति थापाले अध्यक्षता गर्ने पहिलो बैठकले महाधिवेशनको कार्य तालिका सार्वजनिक गर्ने भएको हो। यसअघि पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्य तालिका सार्वजनिक भए पनि कार्यान्वयन हुन नसक्दा विशेष महाधिवेशन भएको थियो।

उक्त महाधिवेशनले तत्कालिन सभापति शेरबहादुर देउवालाई हटाउँदै गगन थापा सभापति बनेका थिए।