काठमाडौं ! चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले परराष्ट्र मन्त्री शिशिर खनालसँगै मिलेर आपसमा सम्पन्न विभिन्न सहमतिको कार्यान्वयन गर्दै विकास तथा समृद्ध उन्मुख युगौंयुगसम्म चल्ने रणनैतिक साझेदारी सहयोगात्मक सम्बन्धमा नयाँ प्रगति हासिल गर्दै जान इच्छुक रहेको बताउनुभएको छ ।
मार्च २७ तारिख नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनाललाई बधाई सन्देश पठाउँदै वाङ यीले भन्नुभयो, ‘चीन र नेपाल परम्परागत मैत्रीपूर्ण छिमेकी हुन्। सन् १९५५मा दौत्य सम्बन्ध स्थापित भएयता, दुई देशले शान्ति सह-अस्तित्वका पाँच सिद्धान्त आधारित आपसी सम्बन्धको विकास गरिरहेका छौं।
