काठमाडौं । हेटौंडाको सानो पसलबाट सुरु भएको एक किशोरको संघर्ष आज बहुआयामिक उद्योग–व्यवसायको सफल कथामा परिणत भएको छ । १३ वर्षको कलिलो उमेरमै उद्यमको यात्रामा होमिएका शिवप्रसाद घिमिरे अहिले दर्जनभन्दा बढी क्षेत्रमा फैलिएको व्यवसायिक साम्राज्य निर्माण गर्न सफल भएका छन् ।
सुरुवातमा सानो व्यापार गर्दै अनुभव बटुलेका घिमिरेले क्रमशः आफ्नो व्यवसाय विस्तार गरे । पेट्रोल पम्पबाट औपचारीक रूपमा व्यवासायीक विस्तार थालेका उनले आज पेट्रोलियम ग्यास (एलपीजी) बोटलिङ प्लान्टदेखि हाइड्रोपावर, कृषि, शिक्षा, मिडिया, सेवा तथा हस्पिटालिटी र बैंकिङ–वित्तीय क्षेत्रसम्म लगानी फैलाएका छन् ।
उनको नेतृत्वमा स्थापित उद्यमहरूले अहिले २५ सयभन्दा बढीलाई रोजगारी प्रदान गरिरहेका छन् । जुन केवल व्यक्तिगत सफलता मात्र नभई अर्थतन्त्रमा योगदानको महत्वपूर्ण संकेत समेत हो ।
घिमिरेको व्यवसायिक यात्राको जरो भने कृषि नै हो । पुख्र्योली पेशाबाट प्राप्त अनुशासन र मेहनतलाई उनले आधुनिक उद्यमशीलतासँग जोड्दै अगाडि बढेका छन् । यही अनुभवले उनलाई विविध क्षेत्रका चुनौती र सम्भावनाबारे गहिरो बुझाइ दिएको छ ।
हाल उनी नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा एसजी ग्रुपका अध्यक्षका रूपमा सक्रिय छन् । लगानी थप र उत्पादनमुलक उद्योगथको लागि कर्मशिल बन्दै गएका छन् । निजी क्षेत्रको छाता संगठन मानिने महासंघमा उनको सक्रियता केवल पदमा सीमित छैन, उनले उद्योगी–व्यवसायीका समस्या, नीतिगत अवरोध र अवसरहरूलाई नजिकबाट नियालेका छन् ।
यही अनुभव र पृष्ठभूमिका आधारमा घिमिरे यसपटक महासंघको ६०औँ वार्षिक साधारणसभामा वस्तुगत तर्फको उपाध्यक्ष पदका उम्मेदवारका रूपमा अघि आएका छन्। वैशाख २१ र २२ गते हुने उक्त साधारणसभा केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई निजी क्षेत्रको भावी दिशा तय गर्ने महत्वपूर्ण मोड पनि हो ।
सरोकारवालाहरूका अनुसार, बहु–क्षेत्रीय अनुभव, रोजगारी सिर्जना गर्ने क्षमता र निजी क्षेत्रको यथार्थ बुझ्ने दृष्टिकोणका कारण घिमिरे महासंघको नेतृत्व सम्हाल्न सक्षम पात्रका रूपमा देखिन्छन् । उनी हरेक क्षेत्रका समस्या बुझ्ने र समाधानका लागि सरकारसँग प्रभावकारी समन्वय गर्न सक्ने क्षमतासहित प्रस्तुत भएका छन् ।
नेपालको निजी क्षेत्र अहिले नीतिगत अनिश्चितता, लगानी वातावरण र बजार विस्तारका चुनौतीसँग जुधिरहेको अवस्थामा घिमिरेजस्ता अनुभवसम्पन्न उद्यमीको नेतृत्वले नयाँ ऊर्जा दिन सक्ने अपेक्षा गरिएको छ ।
सानो घुम्ती पसलबाट सुरु भएको यो यात्रा केवल एक व्यक्तिको सफलता कथा होइन यो सम्भावना, संघर्ष र निरन्तर प्रयासले के सम्भव हुन्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो ।
नेपाल उद्योग वणिज्य महासंघलाई अहिलेको अवस्था एकदशै जुझार नेतृत्व आवश्यक परेको छ । नयाँ सरकार आएको छ । नयाँ सरकारसँग आफ्नो समस्याको समन्वयको लागि काम गर्नसक्ने मान्छे आवश्यक छ । वस्तुगत उपाध्यक्ष भनेको आफैमा देशभरका उद्योगी व्यवायीहरुको नेटवर्क पनि हो । व्यापारीक देखि उत्पादनमुलसम्मको संगतन यसमा रहेका छन् । तीनिहरुको हकहितको लागि काम गर्न घिमिरे सक्षम हुने छन् ।
