काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालको १३ औँ आईजीपीमा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) बनाउने निर्णय गरेको हो।
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका प्रमुख रहेका पौडेलले आगामी १८ गतेदेखि आईजीपीको कमाण्ड सम्हाल्ने छन्। हालका आईजीपी राजु अर्यालय आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी सोही दिन अवकाश हुँदै छन्।
उनी अवकाशमा जाने भएपछि सरकारले पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो।
