मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएका हुन् ।

सम्भवत: आजको बैठकबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल हुने आंकलन गरिएको छ । बैठकका एजेन्डाहरु भने खुलाइएको छैन ।