आजको सुनचाँदीको दररेट

काठमाडौ ! नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार बढेर ५ हजार २२० रुपैयाँ कायम भएको छ ।