एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे विजयी भएका छन् ।

गणना गर्न बाँकी भन्दा बढीको मतान्तर कायम भएसँगै पाण्डेको जित निश्चित भएको हो ।

अब गणना गर्न बाँकी रहेको मत भन्दा बढी पाण्डेको मतान्तर भएसँगै उनी विजयी भएका छन् । यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी छ ।

पाण्डे बहालवाला उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई पराजित गर्दै जित हासिल गर्न सफल भएका हुन् ।