काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । पाण्डे कालीका कन्ट्रक्सनका निर्देशक हुन् ।
महासंघको १३औँ महाधिवेशनले पाण्डेलाई निर्वाचित गरेको हो । उनले ५१४ मत ल्याएका थिए । उनका प्रतिष्पर्धी आङ दोर्जी लामाले ४१३ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त विजयी भएका छन् भने महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् ।
पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याका लागि सरकारसँग बहस गर्ने र सार्वजनिक खरिद ऐन संशोधनका लागि पहल गर्ने बताएका छन् ।
