काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन् ।
एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयले धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो ।
महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए । हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो ।
बालिकाले सांसद शर्मा आफूले ६ वर्षदेखि परिवार समेत भेट्न नपाएको गुनासो गरेकी थिइन् ।
