काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहले कम्पनी दर्ता तथा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरेको छ।
मिति २०८३/०१/२५ मा जारी सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट आएको अनुरोधका आधारमा यस्तो निर्णय गरिएको हो।
सूचनामा उल्लेख भएअनुसार स्थानीय तहले कम्पनी दर्ता वा शेयर खरिद गर्नुअघि आफ्नै कानुन निर्माण गरी निर्णय गर्नुपर्नेछ। साथै कम्पनी ऐन २०६३ तथा अन्य प्रचलित कानुनहरूको पूर्ण पालना अनिवार्य हुने व्यवस्था गरिएको छ। यस निर्णयले स्थानीय तहलाई ऊर्जा, पूर्वाधार तथा विकास परियोजनामा प्रत्यक्ष लगानी गर्ने अवसर थपिएको छ।

