मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयका साथै अन्य समसामयिक एजेन्डामाथि छलफल हुने जनाइएको छ ।

सरकारका नियमित निर्णय तथा नीतिगत विषयमा पनि बैठकले आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।