विराट व्यापार संघको अध्यक्षमा प्रमोद अग्रवाल निर्वाचित

काठमाडौं ! विराटनगरमा सबैभन्दा बढी व्यवसायी रहेको व्यवसायिक संस्था विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल चयन भएका छन् ।

४ हजार भन्दाबढी व्यवसायी आवद्ध रहेको व्यवसायिक संस्थाको बुधबार सम्पन्न २६ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट अध्यक्षमा अग्रवाल निर्वाचित भएका हुन् ।

सर्वसम्मतिले छानिएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा स्यामलाल पौडेल,उपाध्यक्षमा प्रविण अग्रवाल,मनोहर कार्की,किरण ढुंगेल र सरस्वती ओझा छन् ।

त्यसैगरी महासचिवमा महेन्द्र खड्का,उपमहासचिवमा भोजराज निरौला,कोषाध्यक्षमा सुनिता गुरुङ र सह- कोषाध्यक्षमा अशोक पोद्दार चुनिएका छन् ।

नवनिर्वाचित अध्यक्ष अग्रवालले आफुले विराटनगर क्षेत्रमा व्यवसायीहरुको ज्वलन्त मुद्दा र समस्याहरुलाई संबंधित निकायसामु जोडदार साथ उठाउने प्रतिवद्दता व्यक्त गरे।

अधिवेशनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए।