आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरू लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ, बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेश हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भू–भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपरान्हपछि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।