ओम्स नेपाल सुदूरपश्चिमको बैठक सम्पन्न

धनगढी ! बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल सुदूरपश्चिम प्रदेश कमिटी,युवा कमिटी र महिला कमिटीको पहिलो संयुक्त बैठक ओम्स नेपालका प्रदेश अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा आज जिफन्ट प्रदेश कार्यालय धनगढी मा सम्पन्न भएको छ।

जिफन्ट प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशिष्ट अतिथि ओम्स केन्द्रिय उपाध्यक्ष तथा सुदूरपश्चिम् प्रदेश ईन्चार्ज डम्मर ठकुल्ला अतिथिहरु ओम्स नेपालका उपमहासचिव जनक ढकाल ,प्रदेश युवा कमिटी अध्यक्ष पुष्कर सिंह धामी ,महिला कमिटी अध्यक्ष निरमाया चौधरी लगायतको उपस्थिति मा सम्पन्न कार्यक्रमको संचालन ओम्स प्रदेश कमिटी सदस्य रुद्र पौडेलले संचालन गर्नुभएको कार्यक्रममा प्रदेश सचिव प्रेम बहादुर कार्कीले प्रदेश कमिटीका योजनाहरु प्रस्तुत गर्नुभएको थियो।