डीपी अर्याल सभामुख निर्वाचित भएको सदनबाट घोषणा

काठमाडौं । डीपी आर्याल प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएको घोषणा गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले अर्याल सर्वसम्मत रुपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन्।

बैठक सुरु हुनासाथ केसीले सभामुखमा अर्यालको एकमात्र उम्मेवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न सयम दिएका थिए। त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरे भने अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतमसहितले लामिछानेको प्रस्तावको समर्थनमा बोले।

अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरि आजको बैठक स्थगित भएको छ। अबको बैठक नवनिर्वाचिन सभामुख अर्यालले सञ्चालन गर्नेछन् ।