काठमाडौं ! राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कैलाली क्षेत्र न. ०५ का प्रतिनिधि सभा सांसद आनन्द बहादुर चन्द यतिबेला जनताका समस्या लगायत गुनासाहरु सुन्न आफ्नो निर्वाचन क्षेत्रमा रहेका छन् । प्रतिनिधि सभा सदस्यका रुपमा त्यस क्षेत्रबाट निर्वाचित भएपछि उनी दोस्रो पटक जनताको घर आगनमा पुगेका हुन् ।
सांसद चन्दले बिहिबार १० गतेबाट आगामी १५ गतेसम्मलाई आफ्नो निर्वाचन क्षेत्रमा रहनेगरि तालिकासमेत बनाएका छन् । सांसद चन्द आफू सहित त्यसक्षेत्रका रास्वपा नेताहरु सहित आज फुलबारी वडा न.१९ लगायतका वडाहरुमा अनुगमनका साथै जनताको समस्याहरु बुझ्दैछन। सांसद चन्दले आज बिहान फुलबारी खानेपानी उपभोक्ता समितीसंग त्यहा रहेको खानेपानीको समस्याका बिषयमा नेपाल खानेपानी संस्थानको प्रतिनिधि सहित संचालनको निम्ति परिणाममुखी छलफल गरेका छन् । उनले खानेपानी संस्थानका प्रतिनिधिलाई यथाशीघ्र यो परियोजना परिणाममुखी बनाई जनतालाई खानेपानी जस्तो जीवन बाच्नकालागी अति आवस्यक आधारभूत आवस्यकतालाई सम्पन्न गर्न निर्देशन दिए। सांसद चन्दले उक्त परियोजनाका लागि बजेटको अभाव नहुने भन्दै काम सम्पन्न गर्नलाई सरोकारवालालाई आग्रह गरे।
सांसद चन्दको आज दिनभरको कार्यक्रम फुलबारीमै रहने छ। उनी आज धनगढी उपमहानगरपालिकाका फुलबारीमा अवस्थित वडाहरु १४,१८ र १९ कै अनुगमनमा रहनेछन् । उनले त्यहां व्याप्त शिक्षा,स्वास्थ्य लगायत विकासका परियोजनाहरुबारे जानकारी लिनेछन र जनताका अत्यावश्यक मागहरुलाई आगामी आर्थिक बर्षको बजेटमा सम्बोधन हुनेगरी बजेटका लागि सरकारसंग पहलकदमी गर्नेछन् ।
फुलबारीको उक्त जनता भेटघाटमा सांसद चन्द सहित रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण चौधरी,प्रदेशका नेता धर्मराज जोशी,युवानेता नितिश जोशी लगायत रहेका छन् ।
सांसद चन्दको आगामी दिनको जनता भेटघाटको कार्यक्रम तालिका यस्तो छ:-

