प्रधानमन्त्री बालेनको पहिलो विदेश भ्रमण भारतबाट हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को पहिलो औपचारिक विदेश भ्रमण भारतबाटै सुरु हुने भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएको र प्रधानमन्त्री साहले उक्त निम्तो स्वीकार गरिसकेको स्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी पनि सुरु गरिसकेको छ । मन्त्रालय स्रोतका अनुसार भ्रमणको मिति पछि सार्वजनिक गरिनेछ । भ्रमणको तयारीबारे छलफल गर्न भारतीय उच्चस्तरीय टोली नेपाल आउने तयारीमा रहेको पनि स्रोतको दाबी छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनको यो पहिलो विदेश भ्रमण हुनेछ ।