राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ः१५ बजेदेखि सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।