काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए।
उनका अनुसार आजको बैठकमा प्रतिनिधिसभाका सचिवले राष्ट्रिय सभाबाट प्राप्त तीनवटा विधेयकसम्बन्धी सन्देशहरू टेबुल गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक २०८१,पर्यटक विधेयक-२०८१ र चलचित्र विधेयक-२०८१ सम्बन्धी सन्देशहरू टेबुल हुनेछन्।
