काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभा सदस्य लीला भण्डारीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गरेका दलहरूबिचको सहमतिमा दलगत रूपमा एमालेलाई उपाध्यक्ष दिने सहमति भएकोले सहमतिकै आधारमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् । सहमतिमै उम्मेदवारी दर्ता भएकाले उनी उपाध्यक्ष पदमा सर्वसम्मत हुने पक्का छ।
