काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरेको छ ।
बिहीबार दिउँसो २ बजे बस्नेगरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।
