बुद्ध जयन्तीका अवसरमा एमाले अध्यक्ष ओलीको शुभकामना–सबैको अन्तर्मनमा करुणाको दीप बलोस्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको बताउनुभएको छ ।
बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई मानव सभ्यताले प्राप्त गरेको बताउनुभएको छ ।
‘२५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो । गौतम बुद्धको जन्म, बोधी र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश–देशबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु’, अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ– मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
अध्यक्ष ओलीले यस अवसरमा सबैको अन्तर्मनमा करुणाको दीप बलोस् भन्ने शुभकामना दिनुभएको छ ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत् दिनुभएको शुभकामना सन्देश यस प्रकार छः
आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा मानव इतिहासले करुणाको उज्यालो देख्यो, शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म भयो । यसै दिन सिद्धार्थ गौतमले बोध प्राप्त गर्नुभयो र भगवान गौतम बुद्धलाई मानव सभ्यताले प्राप्त गर्यो ।
२५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो ।
गौतम बुद्धको जन्म, बोधि र महापरिनिर्वाणको यस पावन दिनमा हाम्रो देशभित्र र संसारका सबै देश–देशबीच परस्पर शान्ति, सहिष्णुता र मैत्रीभावको कामना गर्दछु । मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
सबैको  अन्तर्मनमा करुणाको दीप बलोस् ।