काठमाडौं ! सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।
न्यायाधीश मेघराज पोखरेल को इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। ओलीकी पत्नी राधिका शाक्य ले आफ्नो पतिलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीका रूपमा गरिएको कामकारबाहीलाई लिएर ओलीमाथि प्रश्न उठेको थियो। उक्त घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले उनलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो।
