काठमाडौँ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले वैशाख ३ गतेदेखि वैशाख ८ गतेसम्म सर्वसाधारणलाई ३४ लाख ७४ हजार ९ सय कित्ता शेयर निष्कासन गरेको थियो।
क्यापिटलका अनुसार यस निष्कासनमा २७ लाख ६८ हजार ७ सय ४३ जनाको आवेदन परेको थियो । जस मध्ये २७ लाख ३० हजार ९ सय ८७ जनाको आवेदन मात्र योग्य भएको छ।
माग भन्दा बढीको आवेदन परेकोले गोला प्रथाबाट शेयर बाँडफाँड गरिएको छ। यस क्रममा ३ लाख ४७ हजार ४ सय ९० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
कम्पनीमा सोपान मल्टिपलको ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
