काठमाडौ ! थापाथली सुकुम्बासी बस्ती शान्तिपूर्ण रूपमा हटाइएको छ । शनिबार बिहान ठूलो संख्यामा प्रहरी परिचालन गरी बस्ती हटाउन सुरु गरिएको थियो ।
सरकारले बस्ती खाली गराउन डोजर चलाएपछि सुकुम्बासीहरू बस्ती छोडेर अन्यन्त्र सरेका छन् । उनीहरूलाई अन्य स्थानमा बस्नका लागि सरकारले सहजीकरण गरेको छ ।
सरकारले आज र भोलिमा काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्ने गरी काम सुरु गरेको हाे । विशेषगरी शान्तिनगर, गैह्रीगाउँ, मनोहरालगायत क्षेत्रमा बसेका सुकुम्बासीलाई हटाउनेगरी सरकार लागिरहेको छ ।
