आजको सुनचाँदीको दररेट

बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १५ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १४ हजार ७ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ९७ रुपैया तोकेको छ।