काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १६ सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको भाउ तीन लाख एक हजार ३०० रुपैयाँ तोकिएको छ ।
हिजो दुई लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस दिन चाँदी तोलामा रुपैयाँले ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १६० कायम भएको छ ।
