एमाले हुम्लाको अध्यक्षमा बुमी निर्वाचित

नेकपा एमाले हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका छन् ।

बुमी एक सय २४ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचीत भएका हुन् । उनका प्रतिद्वन्द्वी डबल रावतले एक सय १९ मत प्राप्त गरेको थिए । अध्यक्ष पदमा बुमीले पाँच मत बढी प्राप्त गरेर विजयी भएका हुन् ।

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो ।  उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ ।

प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित भएका छन् ।

अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिए ।