एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं ! नेकपा एमालेको संसदीय दलको बैठक सोमबार बस्दैछ ।

बैठक आज बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्ने तय भएको छ ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै, संसदका काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रश्तुत हुने? र समितिमा रहेका विचाराधिन विधेयकहरुको बारेमा छलफल हुनेछ ।