काठमाडौँ ! राष्ट्रियसभाको उपाध्यक्ष पदमा एमालेकी लीला भण्डारीलाई उम्मेदवार बनाउन दलहरुले सहमति गरेका छन्।
रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवार दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको मा दलहरुले भण्डारीलाई अघि बढाउने निर्णय गरेका हुन्।
प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि राष्ट्रियसभाको एक जना पनि सांसद उपस्थित छैनन्। चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभाक सहमितका साथ अघि बढ्ने निर्णय गरेका हुन्।
यसअघि एमालेकी बिमला घिमिरे निर्वाचित हुँदा तत्कालीन एकीकृत समाजवादी र माओवादीले जयन्ती राईलाई उम्मेदवार बनाएका थिए। तर यसपटक पुराना दलहरु मिलेर अघि बढ्न तयार भएका हुन्।
