निजि मिडिया विज्ञापनसम्बन्धी निर्णय फिर्ता लिन एमालेको सरकारलाई आग्रह

काठमाडौं : नेकपा एमालेले सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमहरुलाई मात्र दिने सरकारको निर्णयप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमाले केन्द्रीय सचिवालयको च्यासलमा बसेको सातौं बैठकले स्वतन्त्र प्रेसको भूमिकालाई कमजोर पार्ने र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने सरकारको यस निर्णयको कडा शब्दमा विरोध गरेको हो।

एमालेले यो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ।